Care Services English

अमेरिकी क्याम्पमा काम गर्नुभएको थियो?

इराक, अफगानिस्तान वा अन्य ठाउँमा अमेरिकी सरकारको ठेकेदार कम्पनीमा काम गर्दा चोट लाग्यो, सुन्न गाह्रो भयो वा मनमा गहिरो असर पर्यो भने बीमाबाट क्षतिपूर्ति पाउन सकिने अधिकार हुन सक्छ। धेरैलाई यो थाहै छैन।

निःशुल्क जाँच गराउनुहोस्

फारम नेपाली वा English मा भर्न सकिन्छ। करिब १० मिनेट लाग्छ।

केस नम्बर छ? आफ्नो केस हेर्नुहोस्

यो कसका लागि हो

तलका मध्ये कुनै कुरा तपाईंसँग मिल्छ भने फारम भर्नुहोस्। तपाईंको अवस्था हेरेर हामी इमानदारीपूर्वक भन्छौं।

कसरी काम हुन्छ

  1. फारम भर्नुहोस्

    आफ्नो काम र घटनाबारे नेपाली वा English मा लेख्नुहोस्। शुल्क लाग्दैन।

  2. हामी सम्पर्क गर्छौं

    विवरण हेरेर फोन वा WhatsApp मा कुरा गर्छौं र केस बन्ने सम्भावना छ कि छैन भन्छौं।

  3. कागजात र स्वास्थ्य मूल्यांकन

    चाहिने कागजात जम्मा गर्छौं। मानसिक असरको मूल्यांकन मान्यताप्राप्त विशेषज्ञले गर्छन्।

  4. वकिलमार्फत दाबी

    अमेरिकी वकिलले दाबी अघि बढाउनुहुन्छ। तपाईं आफ्नो केस अनलाइन पोर्टलमा हेर्न सक्नुहुन्छ।

यी कागजात भए केसलाई बल दिन्छ

सबै नहुन सक्छ, चिन्ता नगर्नुहोस्। जे छ त्यही लिएर सुरु गर्न सकिन्छ।

ठगीबाट जोगिनुहोस्

धेरैले सोध्ने प्रश्न

म नेपाली हुँ, अमेरिकी होइन। मलाई पनि लागू हुन्छ?

हो, यस्तो बीमा अमेरिकी ठेकेदार कम्पनीमा काम गर्ने विदेशी कामदारका लागि पनि हुन सक्छ। तपाईंको केस विवरण हेरेर मात्र भन्न सकिन्छ।

धेरै वर्ष भइसक्यो, अब पनि सकिन्छ?

केही अवस्थामा वर्षौंपछि पनि दाबी गरिएका छन्। समय सीमा केसअनुसार फरक हुन्छ, त्यसैले ढिलो नगरी फारम भर्नुहोस्।

कागजात हराए भने के गर्ने?

जे छ त्यहीबाट सुरु गर्न सकिन्छ। साथीहरूको गवाही, बैंक रेकर्ड वा फोटोले पनि काम गर्न सक्छ।

फारम भर्न पैसा लाग्छ?

लाग्दैन। फारम भर्न र प्रारम्भिक जाँच निःशुल्क हो।

मेरो जानकारी सुरक्षित रहन्छ?

तपाईंको जानकारी encrypted रूपमा राखिन्छ र तपाईंको केसमा काम गर्नेले मात्र हेर्छन्।

Care Services वकिल हो?

होइन। हामी कागजात, अनुवाद र समन्वयमा सहयोग गर्छौं। कानुनी प्रतिनिधित्व अमेरिकी वकिलले गर्नुहुन्छ।

तपाईंको केस बन्छ कि बन्दैन, जानेर मात्र निर्णय गर्नुहोस्

निःशुल्क जाँच गराउनुहोस्